खेलकुद

पिटरबरोमा मिडल्याण्ड ब्यापि तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पिटरबरो नेपाली समाजले वेलायतको मिड्ल्याण्डमा सकृय नेपाली संघसंस्थाहरुका बिचमा ब्याडमिन्टन टुर्नामेन्ट-२०२६ आयोजना गरि भब्यरूपमा सम्पन्न गरेको छ। उक्त प्रतिस्पर्धामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर, शान्ती नेपाली समाज बर्मिङ्घम, गल्कोट समाज यूके र पिटरबरो नेपाली समाज गरि पाँच संस्थाहरूबाट १३ टोलि पुरुष र चार टोलि महिला गरि कुल १७ टोलि सम्मीलित भएका थिए। गोलापोला गरि पुरुषहरुलाई चार समुहमा र महिलाहरूलाई दुई समुहमा बिभाजन गरि 'लिग' र 'नक-आउट' चरणका खेलहरु सम्पन्न… पुरा पढौ

सन्दीपले बनाए एक दिवसीयमा विश्व कीर्तिमान

क्रिकेटर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनुभएको छ । नेपाली टोलीका पूर्व कप्तानसमेत रहनुभएका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनुभएको हो । घरेलु मैदान कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले आफ्नो नाममा विश्व कीर्तिमान रच्नुभयो । सन्दीपले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । मिचेलले यसअघि सन २०१९ मा ७७ खेलमा एक सय… पुरा पढौ

गेमिङमा अमन पहिलो, राजन दोस्रो

नेपालमा काठमाडौंबाहिर पाहिलो पटक बिहीबार पोखरामा आयोजित आरओजी सटडाउन सेरिज प्रतियोगितामा अमन गुरुङ प्रथम बनेका छन् । नागमणि प्रालि र आसुसको सहयोगमा जेनेक्स अटोमेसनमा भएको प्रतियोगितामा दोस्रो राजन लामा बने । गुरुङ र लामालाई क्रमशः २० हजार र १० हजार नगदसहित उपहार प्रदान गरियो । उनीहरुलाई जेनेक्सका सञ्चालक नवीन पौडेल, कल्पना कार्की, आसुस नेपालको तर्फबाट सुरेश रौनियार लगायतले पुस्तकार प्रदान गरे । कार्यक्रम सञ्चालन भानु लम्सालले गरेका थिए । पोखराका… पुरा पढौ

जेनेक्समा २८ गते गेमिङ प्रतियोगिता

पोखरा, २७ फागुनपोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो । नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम इएएफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले बताए । प्रतियोगितामा पहिलो बन्ने खेलाडीले २० हजार र दोस्रो… पुरा पढौ

गण्डकीलाई टाइगर कप उपाधि

गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हा । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधीसँगै… पुरा पढौ

पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि

न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो… पुरा पढौ

सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा ४ सय ४ पदकका लागि प्रतिष्पर्धा हुने, तयारी अन्तिम चरणमा

पोखरा ७ पौष ।  पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् ।  पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि दुई महिनादेखि तयारी… पुरा पढौ

रामघाटलाई दोभान कप

राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि उचालेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्यु स्टार एलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने न्युस्टार बिले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।उपाधिसँगै रामघाटले नगद १ लाख रुपैयाँका साथमा सिल्ड,… पुरा पढौ

टाइगर कपका लागि मुल आयोजक र उपसमितिहरु गठन

File pix छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को मुल आयोजक र विभिन्न उपसमिति गठन गरी तयारी सुरू भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ ९ देखि १७ गतेसम्म हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाको शुक्रबार भएको बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १ सय ७ सदस्यीय मुल आयोजक… पुरा पढौ

प्रथम लायन्स कप भलिबल भोलिदेखि, पहिलो खेल इरानी टोली र एपिएफबिच

पोखरामा भोलिदेखि प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु हुँदैछ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको उद्घाटन खेल इरानको इरानी भलिबल टिम र नेपालको शसस्त्र प्रहरी बल (एपीएफ) बिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसपछि भारतीय टिम र नेपाल पुलिस क्लबबिचको खेल हुने आयोजकले जनाएको छ । त्यसअघि मध्यान्ह्र १२ बजे प्रतियोगिताको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं