व्यक्तिगत स्वार्थभन्दा माथि,पार्टीगत झण्डाभन्दा माथि,चन्द्र र सूर्य फर्फराइरहेकोएउटा विशाल र नझुक्नेरातो झण्डा —त्यसैको छातामुनि,त्यसैको छायामुनि,त्यसैको मायामुनिआज आशावादी छन् एक भोटका मालिकहरू…त्यही छाताको छहारीमाप्रतीक्षारत छन्देशप्रेमी, न्यायप्रेमी,अग्रगामी, आशावादीर मतदानी जनताहरू —लोकतन्त्रको जितका लागि,व्यवस्थित राज्य प्रणालीका लागि।धेरै भयो,उनीहरूले सपना देखेका —एउटा साझा देश,समान समृद्धिको दौड,समावेशी हासो,आफ्नै सानो घर,देशमै रोजगार।अन्त्य होस् कुनै पनि युद्ध,बनोस् देश समृद्ध। एउटा भोटको सट्टामाउनीहरूको कुनै ठूलो माग छैन।
पुरा पढौ