गण्डकी सेरोफेरो

नेपथ्य लाइभ इन शुक्लागण्डकीको ‘एजुकेशनल पार्टनर’ मा लिटल गार्डेन

दुलेगौंडा– नेपथ्य लाइभ इन शुक्लागण्डकीको एजुकेशनल पार्टनरमा लिटल गार्डेन इङलिस बोर्डिङ स्कुलले सघाउने भएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको विद्यालयले ‘एजुकेशनल पार्टनर’ मा सघाउने सम्झौता गरेको हो । बिहीबार नेपथ्य लाइभ इन शुक्लागण्डकीको विज्ञापन संयोजक बुद्धिबहादुर थापा, आयोजक लायन्स क्बल अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले विद्यालयकी निर्देशक प्रतिभा लामीछाने पौडेलसँग सम्झौता गरे । शिक्षामा संगीतलाई जोड्न पाएकोमा उत्साहित भएको निर्देशक लामीछानेको भनाइ छ । ‘नेपाथ्य लाइभ इन शुक्लागण्डकीको एजुकेशनल… पुरा पढौ

डा. शंकर बरालको अनुसन्धानलाई अमेरीकाको प्रेसिडेन्सियल अवार्ड

पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालको अनुसन्धान सार (रिसर्च एब्स्ट्र्याक्ट) ले अमेरिकामा आयोजित अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजी (ACG) को ग्यास्ट्रोएन्टेरोलोजी सम्मेलनमा प्रेसिडेन्सियल अवार्ड प्राप्त गरेको छ। डा. बरालको अनुसन्धान “A Rare Case of Rectal Malignant Melanoma” अर्थात् मलाशयमा हुने दुर्लभ क्यान्सर रेक्टल मेलानोमासम्बन्धी छ। करिब सात हजार अनुसन्धानमध्ये उनको अनुसन्धान सार छनोट भएर उक्त सम्मान प्राप्त गरेको हो। यो उपलब्धिले नेपाली चिकित्सकको अनुसन्धान क्षमता र नेपालको चिकित्सा… पुरा पढौ

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको साझा आवाज

पोखरा । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविर (एबीसी) मा विशेष गाउँ कार्यपालिका बैठक आयोजना गर्दै जलवायु परिवर्तन, जलवायु न्याय तथा हिमाली क्षेत्रको संरक्षण र उत्थानशीलताका विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको छ। अन्नपूर्ण आधार शिविरमा बसेको बैठकले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि स्थानीय तहदेखि संघ र प्रदेश सरकारसम्मको प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। अन्नपूर्ण क्षेत्र जलवायु परिवर्तनका प्रभाव प्रत्यक्ष रूपमा अनुभव… पुरा पढौ

व्यवसायबाट राजनीतितर्फ सौगात थापा, कास्की–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

पोखरा । व्यवसायिक क्षेत्रमा आफ्नो पहिचान बनाएका युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्। ३५ वर्षमुनिको युवा समूहबाट उम्मेदवारी दिएका थापाले व्यवसायिक क्षेत्रबाट हासिल गरेको नेतृत्व र व्यवस्थापनको अनुभवलाई अब राजनीतिक तथा संगठनात्मक भूमिकामा जोड्ने बताएका छन्। अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापा पोखराको उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। उनी भर्खरै मात्र सम्पन्न पोखरा उद्योग वाणिज्य… पुरा पढौ

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

पोखरा । तनहुँको शुक्लागण्डकी–२, दगाम गाउँको चिनारी दृश्यावलोकनमा मात्र सीमित छैन यहाँको मगर समुदायको मौलिक जीवनशैली, खानपान र आतिथ्यले जोकोहीको मनै लोभ्याउँछ । दमागलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले गन्तव्य गाउँको रुपमा सिफारिस गरेसँगै यसको चर्चा झनै चुलिएको छ । भिटोफले बर्सेनि तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्ने गरेकोमा यसपालि दगाम सूचीमा परेको हो । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ गाउँलाई पर्यटनसँग जोड्ने अभियानमा… पुरा पढौ

पोखरामा जीडब्लुएमका दुई नयाँ ईभी सार्वजनिक, बुद्धचोकमा नयाँ शोरुम

पोखरा, जीडब्लुएम नेपालका लागि पोखराको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले बुद्धचोकमा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याउँदै जीडब्लुएमका दुई नयाँ विद्युतीय सवारीसाधन पोखरा बजारमा सार्वजनिक गरेको छ। बिहीबार आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले नयाँ शोरुमको उद्घाटन गरेकी हुन्। उद्घाटनपछि बोल्दै गौतमले पोखरा पर्यटकीय राजधानी भएकाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुनु सकारात्मक भएको बताइन्। यस्ता सवारीसाधनले पोखराको सौन्दर्य र वातावरण संरक्षणसँगै वायु प्रदूषण घटाउन योगदान पुर्‍याउने उनको भनाइ… पुरा पढौ

दयाहाङ राई दर्शक भेट्न हलमा, ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीले थपियो शो

पोखरा ।माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन् । पोखरा ट्रेडमलस्थित क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको छ । पोखरामा मंगलबारका शोसमेत थपिएका छन् । क्युएफएक्सले दैनिक ६ शो, मिडटाउन सिनेमाजले ५ शो र श्रीकृष्ण… पुरा पढौ

गिद्ध : प्रकृतिका सरसफाइकर्मी

आकाशमा विशाल पखेटा फैलाएर उडिरहेको गिद्ध केवल एउटा चराको दृश्य मात्र होइन, प्रकृतिको स्वास्थ्य र वातावरणीय सन्तुलनको महत्वपूर्ण संकेत पनि हो। मानिसहरूले कहिलेकाहीँ गिद्धलाई अशुभ वा घिनलाग्दो चराका रूपमा हेर्ने गरे पनि वैज्ञानिक दृष्टिले गिद्ध प्रकृतिको सबैभन्दा उपयोगी “प्राकृतिक सरसफाइकर्मी” मध्ये एक हो। पोखरा उपत्यका तथा आसपासका वन क्षेत्र, नदी किनार, खुला भूभाग र ग्रामीण क्षेत्रमा गिद्ध देख्न सकिन्छ। नेपालमा पाइने गिद्ध प्रजातिहरूमध्ये केही प्रजाति अत्यन्त संकटग्रस्त अवस्थामा रहेका कारण… पुरा पढौ

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

वाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे । टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार… पुरा पढौ

गण्डकीमा सत्ता समीकरण फेरिएसँगै एमालेका चार मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेपछि मन्त्रीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष भेट गरी राजीनामा बुझाएका हुन्। यसअघि मंगलबार बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई सरकारबाट बाहिरिने निर्णय गरेको थियो। राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन्।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं