विश्व

आइतबार सेप्टेम्बर ७ युकेमा आपतकालीन सूचना प्रणाली परीक्षण हुँदै

ब्रिटेन सरकारले सेप्टेम्बर ७, २०२५ मा दिउँसो ३ बजे आपतकालीन अलर्ट प्रणालीको दोश्रो राष्ट्रिय परीक्षण गर्दै छ ।परीक्षण अलर्ट बेलायतभरीका सबै उपयुक्त 4G/5G मोबाइल फोन र उपयुक्त ट्याब्लेटहरूमा पठाइनेछ। यो अप्रिल २०२३ मा पहिलो सफल राष्ट्रिय परीक्षण पछिको दोश्रो राष्ट्रिय परीक्षण हो। यस क्रममा 4G/5G नेटवर्कमा जोडिएका सबै मोबाइल फोन र ट्याब्लेटले करिब १० सेकेन्डसम्म साइरन ध्वनि निकाल्ने छन् । अन्य प्रकारका सन्देशभन्दा आपतकालीन अलर्ट धेरै फरक देखिने र सुनिनेछ… पुरा पढौ

गल्कोट समाज युकेमा विष्णुको नेतृत्व

गल्कोट समाज यूकेमा सर्वसम्मत् नयाँ नेतृत्व चुनिएको छ। सोमबार बर्मिङहम वेष्ट ब्रोमिचस्थित समाजको आफ्नै भवनमा सम्पन्न पाँचौँ अधिवेशनले विष्णु चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नयाँ कार्यसमितिको तीन उपाध्यक्षमा मिडल्यान्डबाट सुरेश भण्डारी, स्कटल्याण्डबाट धनबहादुर केसी र लन्डनबाट राजु बोहोरा चयन भएका छन्। महासचिवमा गोबिन्दराम कंडेल, सचिवमा राजु सापकोटा, कोषाध्यक्षमा सिता खरेल र सहकोषाध्यक्षमा तेज भण्डारी निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा सुरेश परियार, मोती सुवेदी, किरण कंडेल, मोहित गौतम,… पुरा पढौ

एनआरएनए युके अध्यक्षमा पुडासैनी, खुला सचिवमा खराल

एनआरएनए यूके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । पुडासैनीले अध्यक्षका अरु दुई प्रतिष्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै संस्थाको नेतृत्व पाएका हुन् । अध्यक्ष पदमा विजयी पुडासैनीले १४८२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीहरु गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मत पाए । खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १८८४ र डा रक्षा थापाले १७२७ मत पाएर विजयी भए । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमश ११९६ र… पुरा पढौ

नवौं वार्षिकोत्सव मनाउँदै गल्कोट समाज युके

गल्कोट समाज यूकेको स्थापना भएको नवौं वर्ष प्रवेश गरेको अवसरमा समाजले एक विशेष सांस्कृतिक समारोह आयोजना गर्ने भएको छ। बेलायतमा बसोबास गर्ने नेपालीलाई यस समारोहमा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन समाजले आग्रह गरेको छ । २८ जुलाई २०२५ का दिन वेस्ट ब्रोमविचस्थित The Conference Suite, 10 - 24 Thomas Street, West Bromwich, B70 6LY मा कार्यक्रम आयोजना हुनेछ। दिउँसो ४ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाल… पुरा पढौ

मरिसभिलमा साहित्यिक कार्यक्रम

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अमेरिकाले सुक्रबार साँझ मरिसभिल शहरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममानेपालबाट अमेरिका भ्रमणमा आएका गीतकार एवम् समालोचक डा ढुण्डीराज पहाडीले अमेरिका भित्रको नेपाल देखेर आफूलाई खुशी लागेको बताए । नेपाली पुगेका सबै ठाउँमा नेपाली भाषा, संस्कृति, साहित्य पुगेको उल्लेख गर्दै उनले देशभित्र र बाहिर दुवैतिरको साहित्य नसमेटी नेपाली साहित्यको अध्ययन गर्न नसकिने उल्लेख गरे । कार्यक्रममा ईश्वर देवकोटा, , नगेन्द्र न्यौपाने , डा ऋषि बस्ताकोटी… पुरा पढौ

हिंसात्मक विद्रोह गरेको वामपन्थी पार्टीबाट राष्ट्रपति बने दिसानायके

अनुरा कुमारा दिसानायके शनिबार भएको श्रीलंकाको राष्ट्रपतिको चुनावबाट आइतबार चुनिएका छन् । राष्ट्रपति रनिल विक्रमासिंगे, राजापाक्षे परिवारका उत्तराधिकारी नमाल राजापाक्षे, विपक्षी नेता तथा पूर्वराष्ट्रपति आर प्रेमदासाका छोरा सजित प्रेमदासजस्ता चिरपरिचित उम्मेदवारलाई हराएर उनले चुनाव जितेका हुन् । उनको जनता विमुक्ति पेरामुना (जेभीपी)ले यसअघि दुईपटक असफल हिंसात्मक विद्रोह गरेको थियो। अघिल्लो पटक २२५ सिटको संसदमा उनको पार्टीसँग जम्मा तीन सिट थियो। दिसानायके नेसनल पिपुल्स पावर नामक गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका थिए।… पुरा पढौ

जसले हानेका थिए डोनाल्ड ट्रम्पलाई गोली

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली प्रहार गर्ने २० वर्षीय थोमस म्याथ्यु क्रुक्स ट्रम्पकै राजनीतिक दल रिपब्लिकन पार्टीको सदस्य भएको खुलेको छ। स्थानीय मतदाता सूची हेर्दा आक्रमणकारी युवक रिपब्लिकन पार्टीको सदस्य रहेको खुलासा भएको हो। पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा उनी स्थानीय नर्सिङ होमको किचनमा काम गर्थे। शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो। गोली उनको दाहिने कान छेडेर गएको थियो। ट्रम्पको कान र अनुहारमा रगत बगेको थियो।… पुरा पढौ

अमेरिकामा परशु प्रधान र दधिराज सुवेदीको सम्झना

अमेरिकाको मेरिल्याण्ड राज्यमा साहित्यकार परशु प्रधान र दधिराज सुबेदीको स्मृतिमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। ३० मार्चका दिन गेथेस्बर्गको लाइब्रेरीमा भएको श्रद्धाञ्जली सभा साङ्ग्रिला डायलगले आयोजना गरेको हो । कार्यक्रममा लेखक साहित्यकारहरुले परशु प्रधान र दधिराज सुवेदीको निधनले नेपाली सहित्य क्षेत्रमा ठूलो क्षति पुगेको बताए। कार्यक्रममा सीता पाण्डे, शैलेन्द्र साकार, योगेश उपाध्याय, गण्डकीपुत्र र भावना विष्टले प्रधान र सुवेदीका योगदानबारे बोलेका थिए । कवि तारा पराजुलीले आफ्नो मुक्तकमार्फत्… पुरा पढौ

हिन्दीलाई विश्वभाषा बनाउन लगानी गर्दै भारत

भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवर्द्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो सहयोगबाट… पुरा पढौ

सिक्किम घुुम्न गएका ३ नेपालीको हिमपहिरोमा निधन

symbolic pix सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो । नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन्। त्यस्तै मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं